पार्टी अध्यक्ष प्रचण्डलाइ बनाउने कुराबाट केपि ओलि ब्याक भए: माओबादि

राजनिती

२३ माघ २०७४, काठमाडौं ।


प्रधानमन्त्री केपि ओलि र पार्टी अध्यक्ष प्रचण्डलाई दिने पूर्वसहमतिबाट एमाले अध्यक्ष केपी सर्मा ओली पछि हटेको माओवादी नेताहरुले बताएका छन् ।

पार्टीको नेतृत्व र सरकारको नेतृत्व एउटै व्यक्तिमा अन्तरनिहीत हुनुपर्ने एमाले महासचिव ईश्वर पोखरेलको लाइनमा ओली उभिएपछि माओवादी नेता आवेगमा आएका हुन ।

एमाले अध्यक्ष केपि ओली र माओवादी अध्यक्ष प्रचण्डबीच माघ दोस्रो साता भद्र सहमति भएको थियो । लगतै एमाले अध्यक्ष निबास बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै अध्यक्ष नेताले आफूहरुबीच अनौपचारिक छलफल आवश्यक भएको सुनाएका छ्न ।

एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनपछि मात्रै अध्यक्ष पद हस्तान्तरण गर्ने र प्रधानमन्त्री पनि आफै हुने तथा राष्ट्रपति पनि आफ्नै पार्टीको हुनुपर्ने अडान राखेका छ्न। ओलीले मुलुक र पार्टीलाई एउटा दिशा निर्देश गरेर मात्रै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने ओलिको इच्छा भएको माओबादी एक नेताले कालिकाखबरलाइ बताए।

ओलीले जनताको बहुदलिय जनवाद यथावत हुनुपर्ने अडान यथावत राख्ने कुरा आफुहरुलाइ मन नपरेको माओवादीका एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *