पात फेरिन सक्छ, तर जरा फेरिदैन: ज्ञानेन्द्र शाह

राजनिती

२२ माघ २०७४, काठमाडौं ।


सोमबार भारत जानुअघि पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा आफूले खुला बहस चलाउन चाहेको बताएका छन् ।

सोमबार भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले लक्ष्य पूरा गर्न फरक फरक बाटो अपनाए पनि सिद्धान्त छोड्न नहुन बताएका छ्न ।

राष्ट्रले लिएको बाटो सबैलाइ मान्य हुने र ब्यबहारिक हुनुपर्ने बताए । पूर्वराजा शाहले रुखका पातहरु पटकपटक झर्छ्न तरपनि जराहरु कहिल्यै फेरिन्न भने।

‘लक्ष्य पूरा गर्न धेरैथरि बाटो प्रयोग गर्न सकिन्छ तर सिद्धान्त छोड्न सकिँदैन तथा हुदैन । हामीले गल्तीबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह भारतको गोवर्धन मठ जगन्नाथपुरीका स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित समारोह कार्यक्रममा सहभागी हुन भारत गएका हुन् ।

भारतमा उनी भारतीय देशी गाई जोगाउन सक्रिय श्रीमार्गले गर्न लागेको कार्यक्रममा पनि सहभागी हुने उनका सचिवालय बताउछ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *