देउवा सरकारले जनमतको कदर गरेन: प्रचण्ड

राजनिती

२०७४ माघ १३
चितवन ।


माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले जनमतको कदर नगरेको टिप्पणी गरेका छन् ।

सरकारले गरेको निर्णयहरुबारे एमालेले गरेको पत्रकार सम्मेलनमा व्यक्त गरेको धारणामा माओवादीको सहित सहमति रहेको माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले बताए ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै अध्यक्ष प्रचण्डले देउवा सरकारका पछिल्ला निर्णयहरु गलत भएको र नयाँ सरकारले एस्ता निर्णयको पुर्नविचार गर्ने बताए ।

सरकारका पछिल्ला निर्णयमा एमाले रुष्ट भयो भने माओवादी किन खुसी भयो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यो दिन आफू नेपालगञ्ज र भैरहवामा भएको र केपी ओलिले पत्रकार सम्मेलन गर्नुभएको र आफू आउन ढिला भएको बताए । तर, उहाको कुरामा आफु सहमत भएको बताए।

प्रचण्डले भने `बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गरेकोमा मेरो आपत्ति होइन,तर कामचलाउ सरकारले अनावश्यक काम गरेको राम्रो होइन ।´

प्रचण्डले भने `पहिला पार्टी एकता अनि नयाँ सरकार गठन हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *