दर्शन नेपाल युनिट्ले फरक तरिकाले भ्यालेनटाइन मनायो।

रोचक

२ फाल्गुन २०७४, चितवन।


अन्तर्राष्ट्रिय प्रेम दिवस को उपलक्ष्यमा दर्शन नेपाल युनिटले भिन्न तरिकाले प्रेम दिवस मनाएको छ ।

अहिलेको समयमा नेपालमा प्रेम दिवस लाई विभिन्न नकारात्मक सोचले हेर्ने गरिएको छ ।भए गरेका बिकृतीहरुलाई सुधार गर्नु पर्छ भनी दर्शन नेपाल युनिटले भिन्न किसिमको कार्यक्रमको आयोजना गरेको हो।

प्रेमी प्रेमिका बिच रासलिला ,गाला चाटाचाट गरेर होइन, अशक्त बृद्द बुवाआमा हरु सङ्ग माया सद्द्भाब साटासाट गरेर मनाउने सन्देश दिन नेपाल युनिट्ले यस्तो कार्यक्रम गरेको हो।

देबघाट धाम तनहुँमा रहेको देबघाट समाज कल्याण केन्द्र बृद्दाश्रम मा दर्शन नेपाल युनिट केन्द्रीय कार्यालय धादिङ कि अध्यक्ष देबकी पौडेल को अध्यक्षता,देबघाट क्षेत्र बिकास समिति का अध्यक्ष टंक नाथ पौडेल ज्यु को आतिथ्य ,पत्रकार ,वे ग्रुप चितवन ,सोसियल युथ ग्रुप ,हाम्रो सेल्फि ग्रुप को सहभागीता मा भोजन ग्रहण ,फलफूल बितरण तथा सम्मान कार्यक्रम सप्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *