दक्षिण कोरियाले नेपाललाइ १ अर्व सहयोग गर्ने!

आर्थिक

२३ माघ २०७४, काठमाडौं ।


दक्षिण कोरियाले नेपालको एकीकृत ग्रामीण विकास र विज्ञान तथा प्रविधि विकास परियोजनाका लागि एक अर्ब नेपाली रुपैयाँ अर्थात १०० मिलिएन डलर अनुदान गर्ने भएको छ ।

अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सीक बीच भएको छ्लफलमा दक्षिण कोरियाले नेपालको एकीकृत विकास तथा विज्ञान र प्रविधि विकास परियोजनाका लागि १ अर्ब नेपाली रुपैयाँ सहयोग उपलब्ध गराउने समझदारी भएको हो ।

आज अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सम्पन्न समझदारी पत्रमा सो लगानी कार्यान्वयनको मुख्य भूमिका भने काठमाडौं विश्वविद्यालयले निर्वाह गर्ने उल्लेख गरिएको छ । अर्थ सचिव अधिकारीले दक्षिण कोरिया सरकारले नेपालको शिक्षा, कृषि र स्वास्थ्यको क्षेत्रमा प्राविधिक सहयोग गर्दै आएको स्मरण गराए । त्यस अवसरमा उनले परियोजनालाई सफल बनाउन लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत सीकले नेपालले अनुसन्धानको क्षेत्रमा उल्लेख्य प्रगति गरोस् भन्ने उद्देश्यका साथ सहयोग आदानप्रदान भइरहेको बताए ।

८ वर्षे यो परियोजनाबाट नेपालको अनुसन्धान र विकास एवम् प्रविधि क्षमतामा विकास हुने विश्वास लिइएको छ । दक्षिण कोरियाले सन् १९९१ देखि नेपाललाई शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *