डडेल्धुरामा ट्याक्टर दुर्घटना: १ मृत्यु ८ घाइते

बिभिध

२०७४ माघ १६
डडेल्धुरा ।

डडेल्धुरामा १६ माघ अर्थात सोमबार राति मलामी पुर्याउन गएको ट्याक्टर दुर्घटना भएको छ। जस्मा १ जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

राति ८ बजेतिर मलामी बोकी फर्किरहेको बेला से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढीको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा अमरगढी –८, टाटारका ३३ बर्षीय लालबहादुर दमाईको मृत्यु भएको छ। ८ जना घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको कुरा प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

घाइते हुनेमा मलामी दिलिप दमाई, शिभ दमाई, दीपक ढोली, मनोज दमाई, सन्तोष दमाई, प्रकाश दमाई, वीरेन्द्र नेपाली र हिरा दमाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *