गजल- रमेस रसिक

रचना

गजल


दिल दुख्नेहरूको पनि समस्याको हल छ।
खोजेर हेर्नुस् चोकचोकमा भट्टी पसल छ।

जिन्दगीलाई जिन्दगी जस्तै बनाउन पनि
लाखौको प्रयास गर्नुपर्छ कहाँ सरल छ?

खै कुन नशा मिसाएर नजरले हिर्कायौ?
यता भेटेको दिनदेखि मेरो मन घायल छ।

तिमीलाई पीडा हुँदा यता दुख्ने छ प्रिया
खुसी बनाएर राख्छु भन्ने मेरो भाकल छ।

संगतले बिगार्छ भन्छन् मलाइ लाग्दैन यो
नपत्याए हेर्नू् हिलैहिलो बिचमा कमल छ।

रमेश रसिक
निजगढ-४,बारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *