(गजल) झरिले पनि हामिलाई नै सताइरहनुपर्ने? : यात्रीप्रकाश पाण्डे

रचना

२३ माघ २०७४,गजल ।


झरिले पनि हामिलाई नै सताइरहनुपर्ने
किन बा यो घरको छानो छाइरहनुपर्ने !

विश्वास पनि त सफ्टवेयर जस्तै रहेछ
घरी घरी अपडेट गराइरहनुपर्ने ।

सम्झिएन भनेर मनचाहिँ नदुखाउ है !
हो हुन त बाडुल्की नै पठाइरहनुपर्ने ।

आफ्नो घाउ देखेर आफै आत्तिइसकेँ
डाक्टरलाई भने घाउ देखाइरहनुपर्ने ।

मेरै श्रीमती हो उ, जो अर्कैसँग गइ यार
समाचार झन् यहि छ मैले सुनाइरहनुपर्ने ।
– यात्रीप्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *