केही दिनमै एकता हुन्छ: प्रचण्ड

राजनिती

१८ माघ २०७४, काभ्रे ।


पूर्वप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष क. प्रचण्डले केही दिनमै एमाले र माओवादीबीच पार्टी एकता हुने बताएका छन् ।

बिहीबार हेलिकप्टर चढेर काभ्रेको महाभारत गाउँपालिका पुगेका प्रचण्डले यथास्थिति तथा प्रतिकि्रयावादी हरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश सहित केही दिनमै एकता गर्ने जनाएका हुन् ।

महाभारत गाउँपालिकाले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरु लाई सम्मान गर्न आयोजित गरेको कार्यक्रमलाई सम्बाधन गरे। वाम एकता रोक्न प्रतिकि्रयावादीहरु सल्बलाएका र आफुहरु केही दिनमै पार्टी एकता गरेर नयाँ संदेश दिने जनाए ।’

माओबादी अध्यक्ष प्रचण्डले ७० वर्षदेखि अहिलेसम्म प्रतिक्रियावादीहरुले देशलाई अगािड बढ्न नदिएको भन्दै अब उनीहरुको योजना असफल हुने दावी गरे ।

अध्यक्ष प्रचण्डले प्रदेश नं. ३ को राजधानी काभ्रेमै हुनसक्ने काभ्रेलिलाइ आश्वासन समेत दिएका छन् ।

अहिलेको सरकारले तोकेको राजधानी आफुहरुलाइ मान्य नहुने भन्दै प्रचडले आवश्यकता अनुसार प्रदेशसभा सरकारले काभ्रेलाइ नै राजधानी बनाउन पनि सकिने बताएका हुन् ।

कार्यक्रममा एमाले नेता तथा प्रतिनिधि सांसद गोकुल बास्कोटा सहित काभ्रेबाट विजयी भएका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *