ओलि र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने

राजनिती

२ फागुन २०७४, काठमाडौं ।


नेकपा एमालेका अध्यक्ष क. केपि शर्मा ओलि र माओवादी केन्द्रका अध्यक्ष क. पुस्प कमल दाहाल आलोपालो प्रधानमन्त्री हुने सहमती भएको एक माओबादि नेताले बताए। आज पार्टी एकता संयोजन समितिको बैठकले यो विषय टुङ्गो लगाउने छ ।

मानभवनस्थित एक घरमा जारी बैठकले पार्टी एकता र प्रधानमन्त्री बारे ठोस निर्णय गर्ने बताइएको छ ।

अघि एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टाछुट्टै बैठक बसेपछि एकता संयोजन समितिको बैठक बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको बिचमा लगभग सहमति जुटेको छ ।

पार्टी एकतापछि दुई नेताको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *