उनी (कविता) : अस्मिता सुबेदि

रचना

२४ माघ २०७४, कालिकाखबर।


जङ्गलको बिचमा झुपडीको बास,
छैन कसैको आश उनलाई केवल त्रासै त्रास ।।

पोहोर साल उनको घर बगायो रे बाढीले,
त्यहि साल श्रीमानलाई हान्यो रे गाडीले ।।

घरको बाटो हिॅड्नी बटुवा छैनन ,
आफै काम गर्छिन मागेर खानी उनी हैनन् ।।

दिनप्रतिदिन चुनौती गर्दैगर्दै पार,
खोज्छिन उनि हरेक दिन जीवन जीउनुको सार ।।

यसरी नै जीवनको 28 बर्ष गयो,
तर एकदिन जङ्गलमा उनको अस्मितामाथी प्रहार भयो ।।

एउटा पापीको आॅखा उनीमाथी पर्यो,
त्यहि राक्षसले उनलाई बलत्कार गर्यो ।।

चिच्याएर गुहार मागिन् ,उनले सहयोग खोजिन,
केहि पाईनन् र अन्त्यमा उनले मृत्यु रोजिन् ।।

गाउॅतिर हल्ला चल्यो,उनको चरित्रमाथी प्रश्न उठ्यो र उनलाई कलङ्कित बनाईयो,
तर कसलाई थाह राक्षसले उनको ईज्जत लुट्यो ।।

नारीको जीवन पुरूषको अंश होईन,दिने हो केवल साथ,
कसैको जीवनमाथी खेलवाड नगर , तिम्रै जीवनले हान्नेछ तिम्लाई लात ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *