आमा (गजल): किस्मत महतारा कलम

रचना

२ फाल्गुन २०७४, कालिकाखबर।


यी मेरा आखामा तपाई नै हुनुहुन्छ
मेरि प्यारी आमा तपाईं नै हुनुहुन्छ।

यदि म मरे भनी यो मुटु नजलाउनु
मुटुको कुनामा तपाई नै हुनुहुन्छ ।।

के जानू मन्दिर, किन पुज्नु ढुङ्गा
देउताको सट्टामा तपाईं नै हुनुहुन्छ ।

मेरा लागि आफ्नो रगत खर्छ गर्ने
यो सृष्टि सारामा तपाई नै हुनुहुन्छ।।

ती सुन्दर हिमाल, हरियाली जङ्गल
खोला, नालामा तपाई नै हुनुहुन्छ ।।

मेरी प्यारी आमा तपाई नै हुनुहुन्छ
मेरी प्यारी आमा तपाई नै हुनुहुन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *