अबको सरकारले मनिलाउन्डिङ नीति परिवर्तन गर्नसक्ने : केपि ओलि

राजनिती

२०७४ माघ १५
काठमाडौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको सरकारले मनी लाउण्डरिङ अर्थात सम्पती शुद्धिकरण नीति परिर्वतन गर्न सक्ने बताएका छ्न । उनले अण्डरग्राउण्ड मनीलाई एकपटक शुद्धीकरण गरेर लगानीमा लाउन पर्ने बताएका छन् ।

मनि लाउण्डरिङ सम्बन्धमा हाल नेपाल सरकारले लिइरहेको नीति सहि तथा उपयोगि नभएको ओलीको प्रतिक्रिया छ ।

नेपाल चेम्बर अफ कमर्सका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले उद्योगीहरुको मागअनुसार एकचोटिका लागि स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिनुपर्ने संकेत गरेका हुन् ।

उद्योगीहरुसङ्ग रहेको लुकेको सम्पति बाहिर ल्याउन सुधार गर्नुपर्छ । नदेखिएको पैसा इन्भेस्टमेन्टमा लाग्ने बार्तावरण बनेमा देश बिकास हुने ओलिको सङ्केत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *